\
नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मतगणना जारी छ । पार्टी कार्यालय सानेपामा जारी मतगणनामा सभापतिमा पराजित शेखर कोइरालाको समूहले अग्रता लिएको छ । सभापतिका लागि भएको दुई चरणको निर्वाचन सकेर मतगणना भइसकेको छ । जसमा शेरबहादुर देउवा विजयी भएका थिए भने प्रतिद्वन्द्वी शेखर कोइराला पराजित भएका थिए ।
तर, उपसभापति पदमा भने कोइराला समूहका धनराज गुरुङ र देउवा प्यानलका पूर्णबहादुर खड्काले अग्रता लिएका छन । सँगसँगै कोइराला प्यानलका चन्द्र भण्डारी र देउवा प्यानलका विजय गच्छदारले पच्छ्याइरहेका छन् ।
अहिलेसम्म २८०० मतगणना भएका जनाइएको छ जसमा खड्काले १३२१, गुरुङले १२६७, गच्छदारले १२१३ र भण्डारीले १११५ मत पाएको निर्वाचन समितिले जनाएको छ ।
सभापति पदका बलिया दाबेदार मानिएका शेखर पराजित हुँदै गर्दा उपसभापतिमा भने उनको समूहको प्रतिस्पर्धा बलियो बन्दै गएको छ ।
उपसभापतिको गणना सकिएपछि महामन्त्रीको गणना सुरु गर्ने निर्वाचन आयोगको तयारी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।