\
कांग्रेसको १४ औं महाधिवेशनमा उपसभापति पदका लागि भएको निर्वाचनको मतगणना सानेपामा भइरहेको छ । सानेपा पार्टी कार्यालयमा भएको मतगणना आज साँझ साढे ६ बजे सुरु भएको हो ।
मतगणनास्थलमा रहेका एक मतदान अधिकृतले फरकधारसँग कुराकानी गर्दै राति १० बजेसम्ममा २१ सय मत मात्र गनिएको बताएका छन् ।
तर, सामाजिक सन्जालमा अहिलेसम्म ३४ सय मतभन्दा बढी गनिएको सूचना आइरहेको छ ।
अनि पछिल्लो समय आएका सूचनामा उपसभापतिमा शेखर कोइराला प्यानलका धनराज गुरुङ र चन्द्र भण्डारी अगाडि रहेको देखाइएको छ।
सहमहामन्त्रीमा यही समूहबाट उम्मेदवारी दिएका जीवन परियारले समेत यो सूचना फेसबुकमा सेयर गरेका थिए । तर, उनले केही समयअगाडि उक्त सूचना हटाउँदै आफूलाई जिम्मेवार व्यक्तिले नै गलत सूचना दिएको भन्दै अर्को स्टाटस लेखेका छन् ।
मतदानस्थलका ती अधिकृतका अनुसार अहिले पहिलो नम्बरमा पूर्णबहादुर खड्का र दोस्रोमा धनराज गुरुङ छन् ।
मतदान प्रक्रियामा नै रहेकाले ती अधिकृतसँग लामो कुराकानी हुन पाएन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।