\
नेपाली कांग्रेसको उपसभापति पदका लागि भएको निर्वाचनमा पूर्णबहादुर खड्का र विजयकुमार गच्छदारले अग्रता दिएका छन् । यी दुवै जना सभापति शेरबहादुर देउवा प्यानलका हुन् ।
यो अग्रता उनीहरुले ३५५८ मत गन्दा लिएका हुन् ।
यसअघि यो गणनामा डा. शेखर कोइराला प्यानलका धनराज गुरुङ अगाडि थिए ।
मतदानस्थलमा रहेका निर्वाचन समितिका एक सदस्यले फरकधारलाई दिएको जानकारीअनुसार अहिलेसम्म ३५५८ मत गनिएको छ । यसमा खड्काले १६३४, गच्छदारले १४४३ मत पाएका छन् ।
धनराज गुरुङले १४३७, चन्द्र भण्डारीले १२५७ मत पाएका छन् । त्यस्तै, उपसभापतिका अन्य उम्मेदवार सुजाता कोइरालाले ४३८, महेश आचार्यले ४१३ र दिव्यश्वरी शाहले ११७ मत पाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।