\
कांग्रेस उपसभापतिमा धनराज गुरुङसँग झिनो मतान्तरले पराजित भएपछि विजयकुमार गच्छदार मतगणना भएको ठाउँ सानेपा पार्टी कार्यालय पुगेका छन् ।
त्यहाँ उनले पुन गणना हुनु पर्ने माग राख्दै निवेदन दिएका छन् ।
केहीबेरअघि सम्पन्न मतगणनामा कांग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका थिए । तर, यसको आधिकारिक घोषणा भइसकेको छैन ।
यहीबीच गच्छदार पुन गणनाको माग गर्दै सानेपा पुगेका हुन् । गुरुङले यसअघि २ मतले मात्र गच्छदारलाई पराजित गरेको समाचार आएको थियो ।
कांग्रेस उपसभापतिका लागि ७ जनाले उम्मेदवारी दिएका थिए । खड्का र गच्छदार सभापति शेरबहादुर प्यानल र गुरुङ र चन्द्र भण्डारी शेखर कोइराला प्यानलबाट उपसभापतिमा प्रतिस्पर्धी थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।