कांग्रेस महाधिवेशन : महामन्त्रीको मतगणना ८ बजेबाट सुरु हुने

नेपाली कांग्रेसको महामन्त्री पदका लागि भएको मतदानको गणना आज बिहानबाट हुने भएको छ ।  

कांग्रेस निर्वाचन समितिका अनुसार महामन्त्रीमा खसेको मतको गणना बिहान ८ बजेबाट सुरु हुने भएको हो । महामन्त्रीमा युवा नेता उम्मेदवार रहेकाले कसले जित्छ भन्ने चासो सबैभन्दा बढी छ ।

महामन्त्रीमा गगन थापा र मीनेन्द्र रिजाल शेखर कोइरालाको प्यानलबाट उम्मेदवार भएका छन् । त्यस्तै, सभापति शेरबहादुर देउवाको प्यानलबाट प्रकाशशरण महत र प्रदीप पौडेल महामन्त्रीका उम्मेदवार छन् ।

कांग्रेस प्रवक्तासमेत रहेका विश्वप्रकाश शर्मा पनि महामन्त्रीमा उठेका छन् । उनी प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीमा उठेको भएता पनि दोस्रो चरणको चुनावमा सिंहले देउवालाई समर्थन गरेका थिए ।

कांग्रेसको विधानमा २ जना महामन्त्री हुने व्यवस्था रहेको छ । आज बिहान सम्पन्न उपसभापति पदको मतगणनामापूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन् ।   

उपसभापतिका लागि ७ जनाको उम्मेदवारी परेको थियो । सभापतिमा निर्वाचित भएका शेरबहादुर देउवाको समूहबाट पूर्णबहादुर खड्का र विजयकुमार गच्छदार उपसभापतिका लागि उम्मेदवार थिए ।



त्यस्तै, सभापतिमा पराजित शेखर कोइरालाको समूहबाट चन्द्र भण्डारी र धनराज गुरुङको उम्मेदवारी परेको थियो । 

त्यस्तै, प्रकाशमान सिंहको समूहबाट उपसभापतिमा सुजाता कोइराला, विमलेन्द्र निधिको समूहबाट दिब्या शाह र प्यानलबिनै महेश आचार्यले उपसभापति पदका लागि उम्मेदवारी दिएका थिए । २ जना केन्द्रीय उपसभापति पदका लागि भएको निर्वाचनबाट खड्का र गुरुङ विजयी भएका हुन् ।  



  • प्रकाशित मिति : पुस १, २०७८ बिहीबार ६:४९:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया