\
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा उपसभापति पदमा पराजित भएका चन्द्र भण्डारीले उपसभापति पदमा विजयी भएका पूर्णबहादुर खड्का र धनराज गुरुङलाई बधाई तथा शुभकामना दिएका छन् ।
भण्डारीले आफूले हारे पनि सामाजिक सञ्जालकाे माध्यमबाट शुभकामना दिएका हुन् ।
उनले लेखेका छन्, ‘नेपाली कांग्रेसको चौधौं महाधिवेशनबाट आदरणीय पूर्णबहादुर खड्का र धनराज गुरुङ नेपाली काङ्ग्रेसको उपसभापति पदमा विजयी हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।’
खड्काले २१२१, गुरुङले १९०८, गच्छदारले १९०६ , चन्द्र भण्डारीले १५८०, सुजाता कोइरालाले ६४४, महेश आचार्यले ५८९ र दिव्यश्वरी शाहले १३२ मत प्राप्त गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।