\
नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना सुरु भएकाे छ । आज बिहान ९ बजेदेखि मतगणना सुरु गर्ने भनिए पनि ढिलागरी मतगणना सुरु भएकाे हाे ।
महामन्त्रीका लागि गएकाे साेमबार चार हजार ६७९ जनाले मतदान गरेका थिए । महामन्त्रीमा गगनकुमार थापा, डा. प्रकाशशरण महत, प्रदीप पौडेल, डा. मीनेन्द्र रिजाल, डा. राजाराम कार्की र विश्वप्रकाश शर्माले उम्मेदवारी दिएका थिए ।
सभापति र उपसभापतिकाे मतगणना भने सकिएकाे छ । सभापतिमा शेरबहादुर देउवा पुन: निर्वाचित भएका छन् । उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन्।
मतपरिणाम चार घन्टामा आउने निर्वाचन समितिले जनाएकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।