तीन कम्पनीको सेयर मूल्य समायोजन

नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले आज तीन कम्पनीको सेयर मूल्य समायोजन गरेको छ । नेप्सेले बिहीबार सपोर्ट लघुवित्त, सूर्योदय लघुवित्त र वोमी लघुवित्तको सेयर मूल्य समायोजन गरेको हो ।

नेप्सेले सपोर्ट लघुवित्तको ३० प्रतिशत बोनस सेयरपछिको भाउ समायोजन गरेको छ । समायोजनपछिको भाउ १७ सय ६९ रुपैयाँ निर्धारण गरेको छ । यसले गत आर्थिक वर्षको नाफाबाट ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि एक दशमलव ५८ प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।

सपोर्टले १० पुसमा सातौँ वार्षिक साधारणसभा आह्वान गरेको छ । सभा लघुवित्तले बगान फेम्ली रेष्टुराँ एण्ड लाउन्ज बार, इटहरी, सुनसरीमा बिहान ९ बजे आयोजना हुनेछ । 

त्यस्तै, सूर्योदय लघुवित्तको २० प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको छ । समायोजनपछिको भाउ १४ सय २७ रुपैयाँ पाँच पैसा निर्धारण भएको छ । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण तथा मर्जर प्रस्ताव पारित गर्न १६ पुसमा सहयात्री पार्टी प्यालेस गुडिखोला, स्याङ्जामा नवौँ वार्षिक साधारणसभा बोलाएको छ । सभा बिहान ११ बजे सुरु हुनेछ।

त्यसैगरी, वोमी लघुवित्तको पनि २० प्रतिशत बोनस सेयरपछिको सेयर मूल्य समायोजन भएको छ । समायोजनपछिको भाउ १३ सय ४० रुपैयाँ ८३ पैसा निर्धारण भएको छ । वोमीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न १६ पुसमा होटल अरनिको, धुलिखेल, काभ्रेपलाञ्चोकमा १० औँ वार्षिक साधारणसभा बोलाएको छ । 

सभा बिहान ११ बजे सुरू हुनेछ । सूर्योदय लघुवित्त र वोमी लघुवित्त एकआपसमा मर्ज हुने सम्झौता भएकाले १६ भदौबाट दुवै कम्पनीको नेपाल स्टक एक्सचेञ्जमा सेयर कारोबार रोक्का छ । 





  • प्रकाशित मिति : पुस १, २०७८ बिहीबार ११:१२:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया