नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत महामन्त्रीको लागि भएको निर्वाचनमा संस्थापन पक्षका उम्मेदवार पछि परेका छन् ।
६ सय मत गणना हुँदा संस्थापन पक्षभन्दा इतर पक्षका उम्मेदवारले बढी प्राप्त गरेका छन् ।
सभापतिको निर्वाचनमा संस्थापन पक्षका प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचित भएका थिए । उनले शेखर कोइरालालाई पराजित गरेका थिए ।
उपसभापतिको निर्वाचनमा संस्थापन पक्षबाट पूर्णबहादुर खड्का र कोइराला पक्षबाट धनराज गुरुङ विजयी भएका थिए ।
महामन्त्रीको पदमा भने हालसम्म सबैभन्दा बढी मत पाउने उम्मेदवारमध्ये दुवै जना संस्थापनइतरका रहेका छन् ।
६ सय मत गणना हुँदा कोइराला पक्षका उम्मेदवार गगन थापाले सबैभन्दा बढी ३८९ र प्रकाशमान सिंह पक्षबाट उम्मेदवारी दिएका विश्वप्रकाश शर्माले २२९ मत प्राप्त गरेका छन् ।
महामन्त्रीमा संस्थापन पक्षका उम्मेदवार प्रदीप पौडेलले २०६ मत प्राप्त गरेका छन् । यस्तै संस्थापनका अर्का उम्मेदवार डा प्रकाशशरण महतले १९३ मत प्राप्त गरेका छन् ।
कोइराला पक्षका अर्का उम्मेदवार मिनेन्द्र रिजालले १०८ मत प्राप्त गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।