नेपाली कांग्रेसको १४औं महाधिवेशनमा दुई जना महामन्त्रीको लागि भएको निर्वाचनमा दोस्रो स्थानको लागि तीन नेताबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।
जारी मत गणनामा पहिलो स्थानमा कोइराला पक्षका उम्मेदवार गगन थापा धेरै मतले अघि रहेका छन् । उनले ९०० सय मत गनिसक्दा ५५९ मत प्राप्त गरेका छन् ।
महामन्त्रीका उम्मेदवार मध्ये दोस्रो धेरै मत प्रकाशमान सिंह पक्षका उम्मेदवार विश्वप्रकाश शर्माले ३५७ मत प्राप्त गरेका छन् ।
हालसम्मको मतगणनामा सबैभन्दा बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीच २०२ मतको फरक रहेको छ ।
कांग्रेस संस्थापन पक्षका उम्मेदवार प्रदिप पौडेलले हालसम्म ३०० सय मत प्राप्त गरेका छन् । उनले विश्वप्रकाशले भन्दा ५७ कम मत प्राप्त गरेका छन् ।
संस्थापन पक्षका अर्का उम्मेदवार प्रकाश शरण महतले २९७ मत प्राप्त गरेका छन् । उनले पौडेलले भन्दा मात्र ३ मत कम प्राप्त गरेका छन् ।
यस्तै कोइराला पक्षका अर्का उम्मेदवार मिनेन्द्र रिजालले १५३ मत पाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।