नेपाली कांग्रेसको महामन्त्री पदका लागि भएको निर्वाचनको प्रारम्भिक मत परिणाम आउन थालेको छ ।
सुरुवाती मत परिणामअनुसार महामन्त्रीमा गगन थापाले नेतृत्वले गरेका छन् । उनलाई विश्वप्रकाश शर्माले पछ्याइरहेका छन् ।
निर्वाचन समितिले आधिकारिक रुपमा दिएको नतिजाअनुसार १०२० मत गन्दा गगन थापा र विश्वप्रकाश शर्मा अगाडि देखिएका छन् ।
थापाले ६ सय ५८ मत ल्याउँदा विश्वप्रकाश शर्माले ४०४ मत ल्याएका छन् । त्यसपछि प्रकाशशरण महतले ३४२ मत ल्याउँदा प्रदीप पौडेलले ३२० मत ल्याएका छन् । महामन्त्रीका उम्मेदवार मिनेन्द्र रिजाल भने १७५ मतका साथ पाँचौ नम्बरमा छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।