गणना भएकोमध्ये ६४.५० प्रतिशत मत गगन थापालाई

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत महामन्त्री पदको लागि भएको निर्वाचनमा हालसम्म गणना भएकोमध्ये ६४.५० प्रतिशत गगन थापाले प्राप्त गरेका छन् । 

दुई जना महामन्त्रीको लागि भएको निर्वाचनमा हालसम्म १ हजार २० मत गणना गरिएको छ जसमध्ये थापाले ६५८ मत प्राप्त गरेका छन् । अर्थात गणना भएकोमध्ये ६४.५० प्रतिशतमध्ये थापा एक्लैले प्राप्त गरेका छन् । 

दोस्रो स्थानमा रहेका अर्का उम्मेदवार विश्वप्रकाश शर्माले ४०४ मत प्राप्त गरेका छन् । गणना भएकोमध्ये शर्माले ३९.६० प्रतिशत मत प्राप्त गरेका छन् । 

तेस्रो स्थानमा रहेका प्रकाश शरण महतले ३४२ मत पाएका छन्, जुन भनेको गणना भएको मतको ३३.५२ प्रतिशत हो । 

चौंथो स्थानमा रहेका प्रदीप पौडेलले ३२० मत पाएका छन् । हालसम्म गणना भएकोमध्ये पौडेलले ३१.३७ प्रतिशत मत प्राप्त गरेका छन् । 





  • प्रकाशित मिति : पुस १, २०७८ बिहीबार १२:५०:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया