नेपाली कांग्रेसको दुई महामन्त्रीका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ । अहिलेसम्म २५ सयभन्दा बढी गणना भइसकेको छ । जसमा गगनकुमार थापाले अग्रता कायमै राखेका छन् । उनलाई विश्वप्रकाश शर्माले पछ्याइरहेका छन् । ताजा मतपरिणाम अनुसार शर्माले एक हजार मत कटाएका छन् ।
निर्वाचन समितिका सचिव केशव रिजालका अनुसार २५२० मत गन्दा थापाले १६४८ र विश्व प्रकाशले १०१९ मत ल्याएका छन् ।
उनीहरूलाई पछ्याएका प्रकाशशरण महतले ८२७, प्रदीप पौडेलले ७४६ र मिनेन्द्र रिजालले ४३६ मत ल्याएका छन् । यस्तै, राजाराम कार्कीले सबभन्दा कम ६४ मत ल्याएका छन् ।
मतगणना तीन स्थानमा भइरहेकाले ६ घण्टाभित्र मतपरिणाम आइसक्ने निर्वाचन समितिले जनाएको छ ।
कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो । सोमबारको मतदानमा ४ हजार ७४३ मतदातामध्ये ४ हजार ६७९ मतदाताले मतदान गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।