उपसभापतिमा विजयीपछि पौडेलनिवास पुगे धनराज गुरुङ
पार्टीलाई एक बनाउन पौडेलको सुझाव

नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति धनराज गुरुङ पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेट्न उनको निवास बोहराटार पुगेका छन् ।

मतपरिणाम सार्वजानिक भएर निर्वाचित भएपछि उनी पौडेललाई भेट्न बोहराटार पुगेका हुन् । भेटमा पौडेलले गुरुङलाई बधाई दिँदै पार्टीलाई एकताबद्ध बनाउने र विधिसम्मत चलाउने काम गर्न सुझाव दिए । 

उनले आफू पनि पार्टीलाई एकताबद्ध बनाएर आम चुनावमा विपक्षसँगको प्रतिस्पर्धामा अब्बल बनाउन लाग्ने बताए । पौडेलले उपसभापति गुरुङसँग आफू र निवर्तमान महामन्त्री डा. शशांक कोइरालाले पार्टीलाई एकतावद्ध बनाउने र पार्टीभित्र सद्भाव कायम गर्ने अभियान थालिसकेको पनि जानकारी गराएका थिए । 

जवाफमा उपसभापति गुरुङले पार्टीलाई गुटबन्दीबाट मुक्त बनाउने अभियानमा लाग्ने वचन दिए ।  





  • प्रकाशित मिति : पुस १, २०७८ बिहीबार १४:०:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया