महेश बस्नेतले सार्वजनिक गरे ज्ञानेन्द्र र प्रचण्डबीच भएको पाच बुँदे सहमतिको गुदी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र तत्कालीन राजा ज्ञानेन्द्र शाहबीच पाँच बुँदे सहमति भएको आरोप लगाएपछि यो विषय चर्चामा छ । यसबीच माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ओलीको भनाइलाई खण्डन गरेपछि एमाले नेता महेश बस्नेतले पाँच बुँदा सार्वजनिक गरेर उनीहरूबीच सहमतिको भएको प्रस्ट्याएका छन् ।

उनले तत्कालीन समयमा राजा र प्रचण्डबीच भएको सहमतिमा एउटा बुँदामा कुरा नमिल्दा सम्झौता  भाँडिएको उल्लेख गरेका छन् । उनले पाँच बुँदे सहमतिअनुसार नै २०६० माघ १९ गते ज्ञानेन्द्रले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई बर्खास्त गरी नेताहरूलाई जेल हाल्ने निर्णय गरेको उल्लेख गरेका छन् ।

'पाँच बुँदामध्ये अन्य बुँदामा सहमति भएकाले बाँकी एउटा बुँदा थप छलफलबाट पछि मिल्छ भन्ने आशामा माओवादीले राजा ज्ञानेन्द्रलाई २०६० माघ १९ को घटना घटाउन उक्साए र ज्ञानेन्द्रले सोही काम सम्पन्न गरेर देउवा सरकार बर्खास्त गरे, तत्काल आफ्नो अध्यक्षतामा नयाँ सरकार गठन गरे, प्रमुख नेताहरूलाई गिरफ्तार गरेर जेल पठाए, कसैलाई नजरबन्दमा राखे' उनले लेखेका छन् ।

तात्कालीन राजा ज्ञानेन्द्र र माओवादीबीच भएको पाँच बुँदे सहमतिको गुदी कुरा :-

माओवादी र तात्कालीन राजा ज्ञानेन्द्रसँग ५ बुँदे सहमति भएको थियो भनेर अध्यक्ष ओलीले भन्दा त्यसको पुष्टी गर्न प्रचण्डले ओलीलाई चुनौति दिदै वक्तब्य जारी गरे । प्रचण्डजीलाई सम्झाइदिनु पर्ने भयो ति विषय ।

प्रचण्डजी! विषयहरू यस्ता थिए :



१. राजा ज्ञानेन्द्रले तात्कालीन संसदीय राजनीतिक दलहरूलाई स्याक गर्नु पर्ने, सबै नेताहरूलाई जेल चलान गरेर पार्टीहरूलाई प्रतिबन्ध लाउनु पर्ने । त्यसै अनुरुप २०६० माघ १९ को घटना घटाइएको थियो ।

२. ज्ञानेन्द्र राजा रहने र माओवादीलाई निःशर्त सत्ता सुम्पिनु पर्ने ।



३. राजा ज्ञानेन्द्र नयाँ राजा भएकाले उनलाई देशभरी डुलेर नागरिक अभिनन्दन गर्न दिनु पर्ने र ज्ञानेन्द्रले लोकप्रियता बढाउन पाउनु पर्ने । यस अनुसार माओवादी युद्धकै बीचमा उनि नागरिक अभिनन्दन गर्न देश घुमेका थिए ।

४. तात्कालिन माओवादी लडाकुलाई निःशर्त नेपाली सेनामा मिसाउनु पर्ने ।

५. जेलमा रहेका सबै माओवादी नेता कार्यकर्ताको रिहाइ गर्नु पर्ने ।

त्यसबेला यि विषयमा कुराकानी गर्न समन्वय गर्ने मान्छे जीउदै छन् । पछि राजाको प्रतिनिधिको रुपमा कमल थापा माओवादीसँग थप छलफल गर्न खटिएका थिए । पहिलो बुँदा बाहेक सबै विषयमा राजा र माओवादी बीच सहमति जुट्यो । तर पहिलो बुँदामा ज्ञानेन्द्रले तत्काल सहमति जनाउन सकेनन । ५ बुँदा मध्य अन्य बुँदामा सहमति भएकाले बाँकी एउटा बुँदा थप छलफलबाट पछि मिल्छ भन्ने आशामा माओवादीले राजा ज्ञानेन्द्रलाई २०६० माघ १९ को घटना घटाउन उक्साए र ज्ञानेन्द्रले सोही काम सम्पन्न गरेर देउवा सरकार बर्खास्त गरे, तत्काल आफ्नो अध्यक्षतामा नयाँ सरकार गठन गरे, प्रमुख नेताहरूलाई गिरफ्तार गरेर जेल पठाए, कसैलाई नजरबन्दमा राखे ।

टुङ्ग्याउन बाँकी एउटा बुँदामा थप छलफल गर्न ज्ञानेन्द्रले कमल थापालाई खटाए भने माओवादीले बाबुराम भट्टराईलाई खटायो । छलफल गर्न नेपालगंजस्थित राप्रपा नेता धवलशमशेर राणाको घरमा बस्ने तय भयो । राजा ज्ञानेन्द्रले माओवादीका अन्य सबै माग पुरा गरिदिने तर कांग्रेस एमाले सहितका तात्कालिन संसदीय राजनीतिक दलहरूलाई प्रतिबन्ध लगाउन नसक्ने भन्ने जवाफ दिएपछि सो वार्ता भंग भएको थियो । ज्ञानेन्द्रको तर्क थियो - राजनीतिक दलहरूलाई प्रतिबन्ध लगाइए अन्तराष्ट्रिय शक्ति र मुलुकहरूको समर्थन प्राप्त गर्न सकिदैन, जसले गर्दा राजतन्त्र नै समाप्त हुने खतरा हुन्छ भन्ने भयो । माओवादीलाई सो कुरा मान्य भएन ।

यसरी माओवादी र राजा ज्ञानेन्द्र बीचको सम्झौता भंग भएको थियो । त्यसपछि माओवादीले भारतको सहयोग जुटाइदिन एसडी मूनि मार्फत तात्कालिन भारतिय प्रम अटल बिहारी बाजपेयीसँग अनुरोध गरे । सोही अनुसार भारतको अहितमा कुनै काम गर्ने छैनौ, हामीलाई बचाउनु पर्यो भनेर अटल बिहारी वाजपेयीलाई प्रचण्ड बाबुराम दुबैले हस्ताक्षर गरेको लिखित विन्तिपत्र हाले । त्यसैको जगमा माओवादीले ६२ साल भदौमा चुनवाङ बैठक गरी आफ्नो कार्यदिशा बदल्यो र माओवादी र दलहरू बीच दिल्लीको १२ बुँदे सहमति भयो । अनि माओवादी ७ दलको जनआन्दोलनलाई समर्थन गर्न तयार भएको थियो ।

  • प्रकाशित मिति : पुस १, २०७८ बिहीबार १४:१:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया