नेपाली कांग्रेसको दुई महामन्त्रीका लागि भएको निर्वाचनको मतगणनामा गगनकुमार थापाले अग्रता कायमै राखेका छन् । निर्वाचन समितिका सचिव केशव रिजालका अनुसार ३१२० मत गन्दा थापाले २०३७ भोट प्राप्त गरेका छन् ।
त्यस्तै, अर्का महामन्त्रीका उम्मेदवार विश्वप्रकाश शर्माले १२५५ मत पाएका छन् । उनीहरूलाई पछ्याएका प्रकाशशरण महतले १०२४, प्रदीप पौडेलले ९३५ र मिनेन्द्र रिजालले ५४६ मत ल्याएका छन् ।
यस्तै, राजाराम कार्कीले ७५ मत ल्याएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।