\
नेपाली कांग्रेसको महामन्त्रीको जित नजिक पुगेका विश्वप्रकाश शर्माले गुटको जित नभएर समग्र कांग्रेसको जित भएको बताएका छन् । उनले आफू महामन्त्रीको जित नजिक पुगेपछि कांग्रेसको पार्टी कार्यालय पुगेर यस्तो बताएका हुन् ।
'यो कुनै गुटको जित होइन । यो समग्रमा नेपाली कांग्रेसको जित हो । जुन माटोलाई छोएर मैले घोषणा गरेको थिए, त्यो माटो छोएर फेरि जिम्मेवारी लिन्छु' उनले भने ।
उनले सुन्दरीजलबाट महामन्त्रीको उम्मेदवारी घोषणा गरेका थिए । उनले त्यहाँ नै गएर पत्रकार सम्मेलन गर्ने बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।