प्रदीप पौडेल भन्छन् - पार्टीमा पुस्ता हस्तान्तरण भयो अब वैचारिक रूपान्तरण हुनुपर्छ

नेपाली कांग्रेसको महामन्त्रीका प्रत्यासी प्रदीप पौडेलले निर्वाचन हार्दिकताका साथ सम्पन्न भएको बताएका छन् । सानेपास्थित पार्टी कार्यालयमा भएको मतगणनाको परिणामपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले लोकतान्त्रिक विधिबाट निर्वाचन सम्पन्न भएको बताए ।

'गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्रीमा विजयी हुनुभएको छ । उहाँहरूलाई हार्दिक बधाई व्यक्त गर्न चाहन्छु । उहाँहरूको पूर्ण कार्यकालको सफलताको शुभकामना दिन चाहन्छु,' उनले भने ।

उनले पार्टीलाई सुदृढ बनाउने कुरामा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले कांग्रेसमा पुस्ता हस्तान्तरण भएको उल्लेख गर्दे अब वैचारिक रुपान्तरणका लागि निर्वाचित सदस्यहरूले पहल गर्ने उनले विश्वास व्यक्त गरे ।

'खारिएको नेतृत्व हामीले प्राप्त गरेका छौँ । पछिल्लो पुस्ताका नेताहरू पनि जिम्मेवार पदमा पुग्‍नु भएको छ । त्यसैले यो पुराना र नयाँबीचको मिश्रण भएको छ । अब पार्टी संगठित भएर अगाडि बढ्छ । पार्टीभित्र आम एकता निर्माण हुने मेरो विश्वास छ । नीति व्यवस्थालाई कडाका साथ लागू गरेर पार्टी चल्छ भन्ने मेरो विश्वास हो' उनले भने ।

गगन र विश्वप्रकाशसँग पहिलासँगै काम गरेको उल्लेख गर्दै उनले उनीहरूले नेतृत्व गर्न लागि पाएको अवसरबाट आफू खुसी भएको बताए ।





  • प्रकाशित मिति : पुस १, २०७८ बिहीबार १६:४:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया