नेपाली कांग्रेस महामन्त्रीमा गगनकुमार थापासँगै विश्वप्रकाश शर्मा पनि विजयी भएका छन् ।
२७ मंसिरमा भएको निर्वाचनको बिहीबार सार्वजनिक मतपरिणामअनुसार थापाले तीन हजार २३ मत र शर्माले एक हजार ९८४ मत ल्याएर निर्वाचित भएका कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।
परिणाम सार्वजनिक हुनु अघिदेखि नै पार्टी कार्यालयमा रहेका शर्मालाई कार्यकर्ताहरूले अबिर लगाएर खुसियाली मनाएका छन् ।
कार्यकर्तालाई सम्बोधन गर्दै शर्माले आफूले महामन्त्रीको उम्मेदवारी घोषणा गरेको स्थल सुन्दरीजलको जेलको माटोलाई ढोगेर आफ्नो यात्रा सुरु गर्ने बताएका छन् ।
उनी पार्टी कार्यालयबाट सुन्दरीजलतर्फ जाने तयारी गर्दै छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।