नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना सम्पन्न भइसकेको छ ।
मतपरिणामअनुसार गगन थापा र विश्वप्रकाश शर्मा विजयी भइसकेका छन् । निर्वाचन समितिले अब सहमहामन्त्रीको मतगण्नाको तयारी गरेको छ।
महामन्त्रीको मतगणना सकिएलगत्तै सहमहामन्त्रीको मतगणनाको तयारी गरिएको हो।
सहमहामन्त्री पदको महिला, जनजाति र दलित क्लस्टरको मतगणना केहीबेरमा हुने निर्वाचन समितिका सचिव गोपालकृष्ण घिमिरेले जानकारी गराएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।