कांग्रेसका नवनिर्वाचित महामन्त्रीद्वय थापा र शर्मालाई मीनेन्द्रको बधाई

नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट महामन्त्रीमा विजयी गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई महामन्त्रीकै अर्का उम्मेदवार मीनेन्द्र रिजालले बधाई दिएका छन् । 

आफू पराजित भए पनि उनले मतगणनाको अन्तिम परिणाम आएसँगै सार्वजनिक सञ्जालमार्फत सफल कार्यकालको शुभकामना दिएका हुन् । उनले रक्षामन्त्रीबाट पनि राजीनामा दिइसकेका छन् ।

महाधिवेशनमा गगनकुमार थापा, विश्वप्रकाश शर्मा, डा. रामशरण महत, प्रदीप पौडेल र राजाराम कार्कीले महामन्त्रीमा उम्मेदवारी दिएका थिए ।  





  • प्रकाशित मिति : पुस १, २०७८ बिहीबार १६:५७:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया