कांग्रेस उपसभापति निर्वाचित खड्का पुगे किसुनजीको आश्रम

नेपाली कांग्रेसको उपसभापतिमा निर्वाचितका नेता पूर्णबहादुर खड्का ललितपुरको बाडेगाउँस्थित कृष्णप्रसाद भट्टराई (किसुन)आश्रम पुगेका छन् । 

नेता खड्का बिहीबार दिउँसो बाडेगाउँ पुगेका हुन् । उनले भट्टराईको सालिकमा माल्यार्पणसहित पूजा गरेका थिए ।

उनी नियमित रूपमा किसुन आश्रम बाडेगाउँ जाने गर्छन् । नेपाली कांग्रेसको १४ महाधिवेशनअन्तर्गत सोमबार निर्वाचन भएको थियो । बिहीबार बिहान सम्पन्न मतगणनाबाट खड्काले २ हजार १ सय २१ मत ल्याएर उपसभापति निर्वाचित भएका थिए । 





  • प्रकाशित मिति : पुस १, २०७८ बिहीबार १८:९:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया