अब सभापतिमा उठ्दिनँ, पार्टी र देश हाँक्ने जिम्मा युवालाई : शेखर कोइराला

नेपाली कांग्रेसको सभापतिमा पराजित भएका नेता डा‍. शेखर कोइरालाले अब कांग्रेस सभापतिमा प्रतिस्पर्धा नगर्ने बताएका छन् । एक टेलिभिजन कार्यक्रमलाई अन्तर्वार्ता दिँदै उनले अब युवाहरुले पार्टी र देश हाँक्ने समय आएको बताएका छन् ।

उनले कांग्रेसको १४औँ महाधिवेशनले रुपान्तरणको संकेत गरेको भन्दै आगामी दिनमा युवाहरुले कांग्रेसको नेतृत्व गर्ने बताए । अब पार्टी सभापतिमा दोहोर्याएर प्रतिस्पर्धा नगरे पनि प्रधानमन्त्रीका लागि भने आफू योग्य रहेको बताए । 

पार्टीले हाम्रालाई भन्दा पनि राम्रालाई अवसर दिनुपर्ने बताउँदै उनले आफू पार्टीमा भागबन्डा र गुटको राजनीति अन्त्य गर्ने अभियानमा लाग्ने प्रतिबद्धता जनाए । 

पार्टीका राम्रा काममा नेतृत्वलाई सहयोग र समर्थन गर्ने जनाउँदै उनले बेथितिविरुद्ध भने सशक्त दबाब दिने बताए । यसअघि पौडेल समूहमा रहँदै आएका नेता–कार्यकर्ताको नेतृत्व आफूले गर्ने समेत उनले बताए । 





  • प्रकाशित मिति : पुस १, २०७८ बिहीबार १८:३९:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया