नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले अब आधुनिक कांग्रेस बन्ने बताएका छन् ।
पार्टीको महामन्त्री निर्वाचित भएपछि बिहीबार सानेपास्थित पार्टी कार्यालयमा बोल्दै महामन्त्री शर्माले आफ्नो जित केवल एउटा व्यक्तिको जित नभइ बदलिएको कांग्रेस र बलियो कांग्रेस बनाउने आकांक्षाको जित भएको बताए । उनले अबका दिनमा पार्टी हिजोको जसरी नचल्ने भन्दै रुपान्तरित भएर जाने बताए । अब आधुनिक कांग्रेस बन्ने उनको भनाइ छ । महामन्त्री शर्माले कांग्रेसलाई आगामी निर्वाचनमा विजयी गराउन सक्ने तागतको रूपमा बदल्ने पनि बताए ।
‘कांग्रेस जसरी हिजो चलेको थियो । अब त्यसरी चल्दैन । कांग्रेस रुपान्तरित भएर जान्छ । अब आधुनिक कांग्रेस बन्नेछ । बदलिएको कांग्रेस र बलियो कांग्रेस बनाउने आकांक्षाको जित भएको छ । निष्ठाका साथ, जिम्मेवारीका साथ, विनम्रता, संयमताका साथ कार्य गर्दै जानेछौँ । रुपान्तरित कांग्रेस देश समक्ष राख्नेछौँ । आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराउन सक्ने तागतको रुपमा बदल्नेछौँ’ उनले भने ।
महामन्त्री शर्माले आफ्नो जिम्मेवारीलाई निष्ठा, विनम्रता र संयमताका साथ पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।