म एक समूहको महामन्त्री होइन : गगन थापा

नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री गगन थापाले आफू कुनै एक समूहको महामन्त्री नभएर सबैको महामन्त्री भएको बताएका छन् । 

बिहीबारको मतगणनाबाट महामन्त्रीमा निर्वाचि थापाले उम्मेदवारी दिँदा एउटा समूहबाट दिएको भए पनि अब आफू सबैको महामन्त्री भएको बताए । 

अनुमप पार्टी प्यालेसमा आयोजित कार्यक्रममा आफूलाई महामन्त्री बनाउन मतदाताहरु खटेको भन्दै अब आफू खट्ने बताए । 

'एउटा समूहको उम्मेदवार बने पनि निर्वाचित भइसकेकोले समूहको महामन्त्री म अब होइन। सबैको महामन्त्री हुँ। मलाई महामन्त्री बनाउन तपाईंहरु खट्नु भयो। अब खट्ने पालो मेरो हो', थापाले भने ।  

उनले बेठीक व्यक्तिलाई महामन्त्री बनाएछ भन्ने हुन नदिने बताए। उनले आफूलाई विजयी बनाउने सबैलाई धन्यवाद दिए । 





  • प्रकाशित मिति : पुस १, २०७८ बिहीबार १९:२८:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया