नेपाली कांग्रेसको सहमहान्त्रीतर्फको मतगणना जारी छ ।
ताजा मत परिणामअनुसार दलित सहमहामन्त्रीतर्फ ३०० मत गन्दा जीवन परिवारले अग्रता लिएका छन् । उनले १५४ मत ल्याएका छन् ।
त्यस्तै, उनलाई मानबहादुर विश्वकर्माले पछ्याइरहेका छन् । उनले १३० मत ल्याएका छन् भने गंगा सुनारको १८ आएको छ ।
कांग्रेसमा महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारु, खस/आर्य, अल्पसंख्यक र पिछडिएको क्षेत्र गरी छुट्टाछुट्टै क्लस्टरबाट एक–एक जना गरी ८ जना सहमहामन्त्री निर्वाचित हुने व्यवस्था छ ।
पहिलो चरणमा महिला, दलित र आदिवासी जनजातितर्फको मत गणना जारी छ । बाँकी पाँच सहमहामन्त्रीको मतगणना भोलि हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।