कांग्रेस सहमहामन्त्रीमा देउवा पक्षको अग्रता, कसको कति ?

नेपाली कांग्रेसको निर्वाचनअन्तर्गत पार्टी कार्यालय सानेपामा अहिले सहमहामन्त्रीको मतगणना भइरहेको छ । सहमहामन्त्रीको मतगणनामा देउवा पक्ष्ँका उम्मेदवारले अग्रता लिएका छन् । 

दलित तर्फको १७८० मतगणनामा मानबहादुर विश्वकर्माले अग्रता लिएका छन् । उनले ८३९ मत पाउँदा कोइराला पक्षका जीवन परियारले ८३१ र गंगा सुनारले ७० मत पाएका छन् । 

महिला तर्फको १५०४ मतगणनामा देउवा पक्षकै डिना उपाध्यायले ८०३ मतका साथ अग्रता लिएकी छिन् । कोइराला पक्षकी उम्मेदवार कमला पन्तले भने ६८३ मत मात्रै पाएकी छिन् । 

त्यसैगरी आदिवासी तर्फको ८९९ मतगणनामा देउवा पक्षका भीष्म आङ्दम्बेले ५१८ मतका साथ अग्रता लिएका छन् । कोइराला पक्षका 
विकास लामाले ३५७ मत पाएका छन् ।





  • प्रकाशित मिति : पुस १, २०७८ बिहीबार २०:२९:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया