केकीले गगन र विश्वप्रकाशलाई बधाई दिँदै भनिन् - आफ्ना वाचा नभुल्नुहोला

अभिनेत्री केकी अधिकारीले नेपाली कांग्रेसको महामन्त्रीमा निर्वाचित भएका गगन र विश्वप्रकाशलाई बधाई दिँदै आफ्ना वाचा नबिर्सन आग्रह गरेकी छन् । बिहीबार साँझ सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै थापा र शर्मालाई आफ्ना वाचा नभुल्न आग्रह गरेकी हुन् । 

थापा र शर्माको जितले आमनेपाली जनता र विशेषगरी युवा पुस्ताभित्र रहेको परिवर्तनको इच्छालाई प्रकट गरेको उनको भनाइ छ । थापा र शर्माको कार्यकाल युवालाई राजनीतिसँग जोड्न, सचेत हुन र समुन्नतिको बाटोमा ऊर्जाशील बनाउन प्रेरणादायी हुने उनको विश्वास छ । 

'अझै कम उमेरमा, अझै छिटो नेतृत्वदायी भूमिकामा क्षमतावान युवाहरूलाई पुऱ्याउन बदल्नुपर्ने राजनीतिक संस्कार र परिपाटीमा यहाँहरूको सक्रिय भूमिका रहने अपेक्षा गरेकी छु' उनले भनेकी छन् ।

यस्तो छ उनको भनाइ 

नेपाली कांग्रेस पार्टीको महामन्त्रीजस्तो गरिमामय पदमा निर्वाचित हुनुभएका दुवै दाइहरू श्री गगन थापा र श्री विश्वप्रकाश शर्मालाई हार्दिक बधाई ! देश, जनता र लोकतन्त्रप्रतिको यहाँहरूको निष्ठा अविचलित र अक्षुण रहिरहने विश्वास गरेकी छु । तपाईंहरूले प्राप्त गर्नुभएको सफलताले आम नेपाली जनता र विशेषगरी युवा पुस्ताभित्र रहेको परिवर्तनको उत्कट इच्छालाई प्रकट गरेको छ भन्दा फरक नपर्ला । 

यहाँहरूको कार्यकाल नेपालका लाखौँ युवाहरूलाई राजनीतिसँग जोड्न, सचेत हुन र समुन्नतिको बाटोमा ऊर्जाशील बनाउन पक्कै पनि प्रेरणादायी हुने नै छ । अझै कम उमेरमा, अझै छिटो नेतृत्वदायी भूमिकामा क्षमतावान युवाहरूलाई पुऱ्याउन बदल्नुपर्ने राजनीतिक संस्कार र परिपाटीमा यहाँहरूको सक्रिय भूमिका रहने अपेक्षा गरेकी छु ।



प्रिय गगन दाइ, पन्ध्र वर्षपछि धुवाँधूलोरहित रमणीय काठमाडौंको सडकमा तपाईं आफ्नो परिवारसँग घुम्दै गर्दा आजभन्दा बढी हर्षोल्लासका साथ नजिकबाटै ‘जय नेपाल’ भन्न पाउने दिनको प्रतीक्षा गरिरहेकी छु । आफ्ना वाचाहरू नभुल्नुहोला । बेलाबखत सम्झाइरहने छु ।



  • प्रकाशित मिति : पुस १, २०७८ बिहीबार २०:५६:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया