मीनेन्द्र रिजालले बाबुआमाको नाममा 'पुण्यश्री' प्रतिष्ठान सुरु गर्ने

नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले आफ्नो बाबुआमाको नाममा ‘पुण्यश्री प्रतिष्ठान सुरु गर्ने निर्णय गरेको घोषणा गरेका छन् । सो प्रतिष्ठानमार्फत आफ्नो निर्वाचन क्षेत्रका जनताको उपचार गर्ने उनले बताएका छन् । 

रिजालले बिहीबार कांग्रेसको महामन्त्रीमा पराजित भएपछि नैतिकता देखाउँदै रक्षामन्त्रीबाट राजीनामा गरेका थिए । सोही बेलुकी उनले सामाजिक सञ्जालमार्फत ५० लाख राशिको अक्षय कोष खडा गरी प्रतिष्ठानको घोषणा गरेका हुन् । 

‘अलि अघि निर्णय गरेर पनि सार्वजनिक गर्न पाएको थिइन, फुर्सत छ, त्यसैले आज नै भनौ,’ उनले अगाडि भनेका छन्, ‘ मोरङ क्षेत्र नं २ का नागरिकले गुन लगाउनुभएको छ, आमा–बुवाले सामर्थ्य विरासतमा छोडेर जानुभएको छ। त्यसैले मोरङ २ का नागरिकको स्वास्थ्य उपचारमा प्रयोग गर्न पाउने गरी मैले रू ५० लाख अनुदान गर्दै उहाँहरूको नाममा पुण्यश्री प्रतिष्ठान सुरू गर्ने निर्णय गरेको छु।’





  • प्रकाशित मिति : पुस १, २०७८ बिहीबार २१:५६:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया