चिसो बढेसँगै बेँसी झारिँदै भेडा

हुम्लामा चिसो बढेसँगै भेडापालक जाडो छल्न बेँसी झर्न थालेका छन् । उच्च हिमाली क्षेत्रमा अत्यधिक चिसो बढ्न थालेपछि भेडीगोठ बेँसीतर्फ झार्न थालिएको हो ।

सात गाउँपालिका रहेको हुम्लाका सिमकोट, नाम्खा, खार्पुनाथ ,सर्केगाड,चंखिली,अदानचुलि र ताँजकोट  गाउँपालिका भेँडापालक चरनका लागि हिउँदमा बेँसी झर्ने गर्छन् ।

२ हजार ९ सय मिटरभन्दा अग्लो पाटनमा भेडा चराउनु परेको हुम्ला जिल्लाका भेँडापालकको चिसो बढेकाले मंसिरदेखि बेँसीतिर झर्न थालेका भेडा पालक सिमकोट गाउँपालिका-२ ठेहेका कालु बोहराले बताए ।

भेडा चराउने गरेको हिमाली पाटन चुवा खोला यारी ह्याङसीमा चिसो बढ्न थालेपछि भेडापालक बेँसी झरेको नाम्खा गाउँपालिकाका भेडापालक छेउकु तामाङले न्यूज कारखानालाई बताए ।

'पाटनमा चिसोले सताउँदा सुक्खा चरीचरण क्षेत्र सकिँदैछ, पशुवस्तु मर्ने त्रास छ उत्तिकै रहेको पाइन्छ ।  चिसो छल्नका लागि बेसी झारेका बताउँदै सिमकोट गाउँपालिका २ का भेँडापालक गोरसिंह बोहराले भने, ‘झण्डै २ सयको संख्यामा रहेका भेडाबाख्रालाई घरमा खाने दाना र घाँस छैन, चिसोले अत्यन्तै सकस बनायो । उनी जस्तै हुम्लाका अधिकांश भेडा पालक कृषकलाई चिसोले आफ्ना पशुवस्तुको सुरक्षा गर्न नसकिने चिन्ता छ ।'

लेकमा राखेका खसी, बाख्राले चिसोका कारण राम्रोसँग चर्न छोडेपछि बाध्य भएर बेसी झारिएको नाम्खा गाउँपालिकाका कृषक टाप्का तामाङले बताए । हुम्लाको सिमकोट नाम्खा खार्पुनाग गाउँपालिकाका सबैजसो गाउँठाउँका कृषकले लेकमा राखेका भेँडाबाख्रा, घोडाघोडी चिसोले बेसीतिर झारेका छन् ।



उच्च हिमाली क्षेत्रमा बस्न रुचाउने भेँडाले धेरै चिसो पनि सहन सक्दैनन् र बढी गर्मी पनि मन पराउँदैनन । त्यसैले गर्मी बढेपछि बेँशीबाट लेकतिर र हिउँदमा बेँसीतर्फ झार्नुपरेकाे बाेहराले बताए ।



  • प्रकाशित मिति : पुस २, २०७८ शुक्रबार ९:३७:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया