एमालेमा वरियता : पदाधिकारीपछिको पहिलो नम्बरमा घनश्याम भुसाल

नेकपा एमालेको वरियतामा पदाधिकारीभन्दा पछाडिको एक नम्बरमा घनश्याम भुसालको वरियता तोकिएको छ । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जारी गरिएको अन्तर पार्टी निर्देशनमा उपाध्यक्षका दाबेदार भएर पराजित भएका भुसाललाई पदाधिकारीपछिको एक नम्बरमा राखिएको हो । 

एमालेमा १९ जना पदाधिकारीको टिम छ । त्यसपछि २० औं नम्बरमा भुसाललाई पार्टीको स्थायी कमिटी सदस्य तथा अर्थ तथा योजना विभागको प्रमुखको जिम्मेवारी तोकिएको छ । 

भुसाल केही समयअघि मात्र सकिएको महाधिवेशनमा उपाध्यक्षका दाबेदार थिए भने निर्वाचन प्रक्रियामा भाग लिँदा उनी पराजित भएका थिए । युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल उपाध्यक्षमा निर्वाचित भएका थिए । 

एमालेमा चलेको अन्तरसंघर्षमा ‘१० जना’को समूहबाट प्रतिनिधित्व गरेका उनलाई ओलीले स्थायी कमिटीमा समावेश गरेका हुन् । 





  • प्रकाशित मिति : पुस २, २०७८ शुक्रबार १२:१९:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया