क्रिकेटरलाई कारबाही गरिएको विषयमा प्रचण्डले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडीमाथि गरेको कारबाहीको विषयमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण गराएका छन् ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि देउवालाई बधाई तथा शुभकामना दिन शुक्रबार प्रधामन्त्री निवास बालुवाटर पुगेका प्रचण्डले उनलाई खेलाडीको कारबाहीको विषयमा ध्यानकर्षण गराएका हुन् ।

क्यानको मंसिर २९ गते बसेको बोर्ड बैठकले कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दिपेन्द्रसिंह ऐरीलाई पदबाट हटाउदै सन्दीप लामिछानेलाई नयाँ कप्तान बनाउने निर्णय गरेको थियो ।

त्यस्तै क्यानले मिडियामा आफूविरुद्ध बोलेको भन्दै ज्ञानेन्द्र र दिपेन्द्रसहित सोमपाल कामी र कमलसिंह ऐरीलाई सन् २०२२ को सेन्ट्रल कन्ट्रायकबाट ६ महिनाबाहिर राख्ने निर्णय पनि गरेको थियो ।  





  • प्रकाशित मिति : पुस २, २०७८ शुक्रबार १२:५२:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया