प्रधानमन्त्रीसँग भेटे प्रचण्डले, क्रिकेट विवादबारे कुरा गरे

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सभापतिमा देउवा निर्वाचित भए पछि प्रचण्डसँगको उनको यो पहिलो भेटघाट हो । 

आज विहान बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटमा प्रचण्ड र देउवाबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले जानकारी दिएकी छिन् । दाहालका अनुसार प्रचण्डले यो भेटमा देउवा र कांग्रेस महाधिवेशनबाट पदाधिकारीमा निर्वाचित सबै पदाधिकारीलाई बधाई दिएका छन् ।

त्यस्तै, यो भेटमा प्रतिनिधि सभाको विषयमा पनि चर्चा भएको थियो । 

गंगा दाहालका अनुसार यो भेटमा प्रचण्डले पछिल्लो समय क्रिकेट एसोसियसन र क्रिकेट खेलाडीहरुबीच भएको विवादबारे पनि प्रधानमन्त्री देउवालाई जानकारी गराएका छन् । गंगा दाहालले फेसबुकमार्फत् जानकारी दिएकी हुन् । 

यसअघि नेपाल क्रिकेट संघ (क्यान)ले चार नेपाली क्रिकेट खेलाडीलाई कारवाही गरेको थियो । २९ मंसिरमा बसेको क्यानको बोर्ड बैठकले ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीलाई कारवाही गरेको थियो । कप्तान मल्ल कारवाहीमा परेपछि क्यानले सन्दीप लामिछानेलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान पनि तोकेको छ । 

तर, क्यानको यो निर्णयको विरोध क्यानकै पदाधिकारीहरुले पनि गरेका छन् । त्यस्तै, क्रिकेट खेलाडी र सामाजिक सन्जालमा क्रिकेट प्रेमीहरुले पनि यसको व्यापक आलोचना गरेका छन् ।





  • प्रकाशित मिति : पुस २, २०७८ शुक्रबार १३:१:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया