मुस्लिमतर्फको सहमहान्त्रीमा फरमुल्लाह मन्सुर निर्वाचित

नेपाली कांग्रेसको मुस्लिमतर्फको सहमहान्त्रीमा फरमुल्लाह मन्सुर निर्वाचित भएका छन् । शुक्रबार सकिएको मतगणनामा मन्सुर २ हजार ७७६ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनी सभापति शेरबहादुर देउवा समूहका हुन् । उनले शेखर कोइराला समूहका शेख वकिललाई पराजित गरेका हुन् । वकिलले १ हजार ८७१ मत पाए ।  

महिला, दलित र आदिवासी/जनजाति क्लस्टरका सहमहामन्त्रीको मतपरिणाम आइसकेको छ भने थारू, मधेसी, खस/आर्य र पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्रीका लागि पनि मतगणना भइरहेको छ । 

कांग्रेसको विधानमा ८ जना सहमहामन्त्री रहने व्यवस्था छ । कांग्रेसको १४ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि सोमबार मतदान भएको थियो ।
 





  • प्रकाशित मिति : पुस २, २०७८ शुक्रबार १५:५७:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया