खस/आर्यतर्फको सहमहामन्त्रीमा देउवा प्यानलका राठौर निर्वाचित

नेपाली कांग्रेसको खस/आर्यतर्फको सहमहामन्त्रीमा किशोरसिंह राठौर निर्वाचित भएका छन् । राठौरले २ हजार ५७६ मत लाएर सहमहामन्त्री निर्वाचित भएका हुन् । उनी कांग्रेस सभापति शेरबहादुर देउवा समूहका हुन् ।

उनले सहमहामन्त्रीका अर्का प्रतिद्वन्द्वी देवराज चालिसेलाई हराएका हुन् । चालिसेले २०५९ मत पाए । उनी शेखर कोइराला समूहका हुन् । कोइराला सभापतिमा देउवासँग पराजित भएका हुन् ।

कांग्रेसको १४ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि सोमबार निर्वाचन भएको थियो । अहिलेसम्म सभापति, उपसभापति र महामन्त्रीको मतगणना सकिएको छ ।  

सहमहामन्त्रीको भने मत गणना जारी छ । कांग्रेसका ८ सहमहामन्त्रीमध्ये पाँच वटा क्लस्टरको मत परिणाम आइसकेको छ भने तीन वटाको आउने क्रममा रहेको छ ।
 





  • प्रकाशित मिति : पुस २, २०७८ शुक्रबार १६:२२:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया