एमालेको रक्षा गर्न जस्तोसुकै त्याग गर्न तयार छु : भीम रावल

नेकपा एमालेका नेता डा. भीम रावलले पार्टीको रक्षाका लागि आफू जस्तोसुकै त्याग गर्न तयार रहेको बताएका छन् । 

शुक्रवार गृहजिल्ला अछाम बान्‍नीगढी जयगढ गाउँपालिकामा कार्यकर्तालाई सम्बोधन गर्दै नेता रावलले व्यक्तिभन्दा पार्टी महत्वपूर्ण भएको भन्दै एमालेलाई जीवन्त राख्‍न आफू जस्तोसुकै त्याग गर्न तयार रहेकाे बताएका हुन् ।

उनले आफूलाई कसैले पाखा लगाउन खोजेको खण्डमा भने त्यसको परिणाम राम्रो नहुने चेतावनीसमेत दिए । यसअघिका तिक्तता बिर्सेर एमालेलाई बलियो बनाउनेतर्फ सबैले लाग्नुपर्नेमा उनले जोड दिए । 

लामो समयसम्म एमालेमै बस्दा अवसर नपाएका नेता/कार्यकर्ता एकताको पक्षमा रहँदा पटकपटक जिम्मेवारी पाएका नेता प्रलोभनमा परेको उनको भनाइ छ ।

विगतमा पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला आफूले पार्टीभित्रका समस्या समाधानका लागि विद्रोह गरेको तर, पार्टीकाे हित विपरीत कार्य नगरेको उनको दाबी छ ।

एमालेको नेतृत्वले फरक मत राख्ने नेतालाई मिलाउन नसक्दा पार्टीभित्रका केही नेता चोइटिएर गएको उनले उल्लेख गरे । पार्टी अध्यक्ष ओली र नेता माधव नेपालले आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न खोज्दा पार्टीका धेरै नेता कार्यकर्ता अन्यायमा पारेको रावलकाे भनाइ छ ।



नेता रावलले नेकपा एमालेमा रहेको विवाद समाधान गर्न र पार्टीलाई सुदृढीकरण गर्न आफूले अध्यक्ष पदमा उम्मेदवार दिएको तर आन्तरिक प्रतिस्पर्धामा पराजित भएको बताए ।

निर्वाचनमा  हारजीत स्वाभाविक रहेको भन्दै नीति र राजनीतिमा नहारेको दोहाेर्‍याउँदै जनतालाई कत्ति पनि विचलित नभएर जनताको माझमा आएको उनले बताए ।



उनले आगामी निर्वाचनमा नेकपा एमालेलाई विजयी गराउनतर्फ लाग्न निर्देशन समेत दिए ।

  • प्रकाशित मिति : पुस २, २०७८ शुक्रबार १७:३२:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया