कांग्रेस सहमहाममन्त्रीमा को-को भए विजयी ?

नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गत सहमहामन्त्रीमा सभापति शेरबहादुर देउवा पक्षले ८ मध्ये ६ समूहमा जित हात पारेको छ ।

नवनिर्वाचित सहमहामन्त्रीमा महिलातर्फ महालक्ष्मी उपाध्याय 'डिना', खस/आर्यतर्फ किशोरसिंह राठौर, थारूतर्फ उमाकान्त चौधरी, मुस्लिमतर्फ फरमुल्लाह मन्सुर, मधेसीतर्फ महेन्द्र यादव र आदिवासी जनजातितर्फ भीष्मराज आङ्देम्बे रहेका छन् ।

त्यस्तै, पिछडिएको समूहबाट बद्री पाण्डे र दलित समूहबाट जीवन परियार विजयी भएका छन् । उनीहरू दुई जना भने सभापतिमा पराजित शेखर कोइराला प्यानलका हुन् ।





  • प्रकाशित मिति : पुस २, २०७८ शुक्रबार १९:४०:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया