मधेसी महिला केन्द्रीय सदस्यको मतगणना भोलिलाई सर्‍यो
फाइल तस्वीर

आजबाट सुरु हुने भनिएको कांग्रेस १४औं महाधिवेशनअन्तर्गत मधेसी महिला केन्द्रीय सदस्यको मतगणना नहुने भएको छ । 

४ पदका लागि पाँच जना उम्मेदवार रहेको मधेसी महिला केन्द्रीय सदस्यको मतगणनामा आज नहुने भएको हो । 

उक्त मतगणना शनिबार गर्ने तयारी गरिएको निर्वाचन समितिले जनाएको छ । मतगणना बिहान ९ बजेबाट सुरु हुने समितिले जनाएको छ । 

सोमबार सम्पन्न निर्वाचनमा किरण यादव, मञ्जु कुमारी यादव, नागिना यादव, मीनाक्षी झा र मुक्ता कुमारी यादव उम्मेदवार रहेका छन् । निर्वाचनमा कूल ४६८६ मत खसेको थियो । 





  • प्रकाशित मिति : पुस २, २०७८ शुक्रबार १९:५७:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया