कांग्रेसमा रूपान्तरण अभियान चलाउनुपर्छ : धनराज गुरुङ

नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति धनराज गुरुङले पार्टीभित्र रुपान्तरणको अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले आफूले रुपान्तरण र परिवर्तनको पक्षमा मत मागेर विजयी भएको बताउँदै अब पार्टीभित्र रुपान्तरण अभियान सञ्चालन गर्नुपर्ने बताएका हुन् ।

उपसभापति गुरुङले पार्टीभित्र विगतमा भएका कमी कमजोरीलाई सच्याउँदै अगाडि बढ्ने बताए । विधि र विधानअनुसार पार्टी चलाउने पक्षमा आफू रहेको उनको भनाइ थियो ।

उनले महाधिवेशनको सन्दर्भमा चुनावी प्यानल बने पनि विजयी भएपछि पार्टी बलियो बनाउने कुरामा सबै लाग्ने बताए । उनले सरकार पनि नयाँ ढङ्गले चल्न आवश्यक रहेको उल्लेख गरे ।

उपसभापति गुरुङले आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्ने बताए । 'हामी विधि, विधान, सिद्धान्त र आदर्शबमोजिम नेपाली कांग्रेसको सङ्गठन हाँक्न चाहन्छौँ', उनले भने । कांग्रेस व्यक्तिको अनुहार लिएर जाने भन्दापनि विचार र सिद्धान्त लिएर जनतामाझ जाने उनको भनाइ थियो । 





  • प्रकाशित मिति : पुस २, २०७८ शुक्रबार २१:१९:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया