कतारमा पनि ओमिक्रोन भेटिएको पुष्टि

कतारमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फेला परेको छ । जनस्वास्थ्य मन्त्रालय (मोपिएच)ले पहिलोपटक ओमिक्रोन भेरियन्ट फेला परेको पुष्टि गरेको हो ।

पुष्टि भएका चारैवटै केस विदेश यात्रा गरी कतार फर्केका नागरिकमा भेटिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार संक्रमण पुष्टि भएसँगै चारैजना क्वारेन्टिनमा रहेका छन् । उनीहरूकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे छ ।

याे भेरियन्ट सर्वप्रथम नाेभेम्बर २४ मा दक्षिण अफ्रिकामा देखा परेकाे थियाे । विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले यस भेरियन्टलाई ओमिक्राेन भनी नामाकरण गरेकाे हाे । अहिले विश्वका विभिन्न देशमा याे भेरियन्ट पुगिसकेकाे छ ।

भेरियन्ट कत्तिकाे डरलाग्दाे छ यस बारेमा अझै पनि अनुसन्धान भइरहेकाे छ । डब्लुएचओले आत्तिन नपर्ने भन्दै सबैलाई सचेत रहन आग्रह गरेकाे छ 





  • प्रकाशित मिति : पुस ३, २०७८ शनिबार ९:८:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया