मकवानपुरमा ट्र्याक्टरबाट खसेर एकको मृत्यु

मकवानपुरमा ट्रयाक्टरबाट खसेर एककाे मृत्यु भएकाे छ ।

हेटौंडा उपमहानगरपालिका-८ कमाने फारलाइनमा घाइते अवस्थामा भेटिएका स्थानीय अन्दाजी ४० वर्षीय शक्ति वाइवाकाे मृत्यु भएको हो।

घाइते अवस्थामा भेटिएका वाइवालाई प्रहरीले उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल ल्याएकाे थियाे । वाइवाकाे उपचारको क्रममा ज्यान गएको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले बताएका छन् ।

घटनालगत्तै मकवानपुर प्रहरीले अनुसन्धान गर्दा मृतक ना ७ त १२९५ नम्बरको ट्र्याक्टरमा ज्यामी काम गर्ने र सोही ट्र्याक्टरबाट खसेको पाइएको छ ।

प्रहरीले ट्र्याक्टर र चालक हेटौंडा ८ कमाने बस्ने २८ वर्षीय अजित ढकाललाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको जनाइएको छ । 





  • प्रकाशित मिति : पुस ३, २०७८ शनिबार १०:११:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया