रावलले पाए एमाले सल्लाहकारको जिम्मेवारी

नेकपा (एमाले) का निवर्तमान उपाध्यक्ष डा. भीमबहादुर रावलले पार्टीकाे सल्लाहकारकाे रूपमा जिम्मेवारी पाएका छन् ।

उनलाई केन्द्रीय सल्लाहकार परिषद सदस्यकाे जिम्मेवारी दिइएकाे पार्टीका महासचिव शंकर पाेखरेलले बताए ।

रावल १०औं महाधिवेशनमा अध्यक्षमा ओलीसँग पराजित भएका थिए । अधिवेशनपछि उनी पार्टीमा जिम्मेवारविहीन भएका थिए ।

यता रावलले गृहजिल्ला अछाम बान्नीगढी जयगढ गाउँपालिकामा कार्यकर्तालाई सम्बोधन गर्दै नेता  व्यक्तिभन्दा पार्टी महत्वपूर्ण भएको भन्दै एमालेलाई जीवन्त राख्न जस्तोसुकै त्याग गर्न तयार बताएका छन् । 

उनले आफूलाई कसैले पाखा लगाउन खोजेको खण्डमा भने त्यसको परिणाम राम्रो नहुने पनि चेतावनी दिए । 
 





  • प्रकाशित मिति : पुस ३, २०७८ शनिबार ११:९:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया