नेकपा (एमाले)का नेता डा. भीम रावलले पार्टीको केन्द्रीय सल्लाहकार परिषदको सदस्य मनोनयनबारे अनविज्ञता प्रकट गरेका छन् । नसोधिकन सदस्य बनाउनुलाई उनले आपत्तिजनक भनेका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा शनिबार ट्विट गर्दै रावलले भनेका छन् , ‘मलाई नेकपा (एमाले)को केन्द्रीय सल्लाहकार परिषद्को सदस्य बनाइएको समाचार सुनियो । यो सत्य हो भने मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ ।’
मनोनित गर्नुलाई टीके प्रणालीका रूपमा टिप्पणी गर्दै उनले त्यस्तो कार्य जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुने पनि बताएका छन् ।
पार्टी महासचिव शंकर पोखरेलले डा. रावललाई सल्लाहकार परिषद् सदस्य बनाइएको बताएका थिए । त्यसपछि रावलले ट्विटरबाट त्यसप्रति आपत्ति जनाएका हुन् ।
उनी यसअघि पार्टीको १०औं महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार थिए । केपी शर्मा ओलीसँग उनी पराजित भए ।
अध्यक्ष पदमा पराजित भए पनि केन्द्रीय सदस्य उम्मेदवारी दिन सकिने अवस्था भने थियो । तर, उनले अस्वीकार गरे ।
मलाई नेकपा (एमाले) को केन्द्रिय सल्लाहकार परिषद्को सदस्य बनाइएको समाचार सुनियो ।यो सत्य हो भने, मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ। यस्तो टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुन्छ।
— Dr. Bhim Rawal (@BhimRawal179) December 18, 2021
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।