पर्यटन प्रवर्द्धन गर्न सुदूरपश्चिममा साइकलयात्रा (फोटोफिचर)

सुदूरपश्चिम पर्यटन साइकलयात्रा २०७८  सुरु भएको छ । साइकलयात्राको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले एक कार्यक्रमका बीच शनिबार धनगढीमा उद्घाटन गरे । 

उद्घाटन कार्यक्रममा मुख्यमन्त्री भट्टले सुदूरपश्चिममा भएको पर्यटन क्षेत्रको सम्भावनालाई उजागर गर्न साइकलयात्राले महत्वपूर्ण भूमिका खेल्ने बताए । 

उनले भने, ‘धनगढीदेखि डोटीको बुडरसम्म हुने साइकलयात्राले पर्यटन प्रवद्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने छ । ‘विश्वप्यापी रूपमा फैलिएको कोरोना संक्रमणको त्रासबीच भएको साइकलयात्राले पर्यटनको विकासमा पक्कै पनि एक इँटा थपिने छ ।’

साइकलयात्राले सुदूरपश्चिमका व्यवसायीहरूलाई समेत फाइदा पुग्ने उनले विश्वास व्यक्त गरे । 
सुदूरपश्चिममा भएका प्राकृतिक मनोरम दृश्यले धेरैको मन लोभ्याउने गरेको बताउँदै मुख्यमन्त्रीले भट्ट यस प्रकारका गतिविधिले धेरैको जीविकोपार्जनमा समेत सहयोग पुग्ने बताए । 

साइकलयात्राकाे छोटो दूरीमा मुख्यमन्त्री भट्ट र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री मानबहादुर धामीले सेमत सहभागिता जनाएका हुन् ।

उद्घाटन कार्यक्रममा सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले सुदूरपश्चिममा साइकलयात्राको सम्भावना भएको क्षेत्र भएको हुँदा सबै क्षेत्रको उत्तिकै सक्रियता आवश्यक रहेको बताइन् । 



साइकलयात्रामार्फत् सुदूरपश्चिममा रहेका पर्यटकीय सम्भावनालाई उजागर गर्ने उद्देश्यले सुदूरपश्चिम पर्यटन साइकलयात्रा २०७८ सुरु भएको हो । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजना र फारवेस्टर्न राइडर्सको सहकार्यमा तीन दिनसम्म साइकल यात्रा सञ्चालन हुने छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका पर्यटन विकास कार्यक्रम इकाइका निमित्त प्रमुख भोजराज पाठकले शनिबारदेखि सुरु भएको साइकलयात्रा सोमबारसम्म सञ्चालन हुने जानकारी दिए। 



साइकलयात्रामा फारवेस्टर्न राइडर्सको पनि समन्वय रहेको छ । फारवेस्टर्न राइडर्सका अध्यक्ष भरतविक्रम शाहले नेपालमै पहिलो पटक ठूलो संख्यामा साइकलयात्रामा यात्रीहरू सहभागी भएकाे बताए ।

शनिबार बिहान धनगढीदेखि गोदावरी, खानीडाँडा हुँदै डोटीको बुडरसम्म साइकलयात्रामा हिँडेको हो । भारतको गाजियावाद, नैनीताल, बरेली र विहारका ८ जना सुदूरपश्चिम पर्यटन साइकल यात्रा २०७८ मा सहभागी छन् ।

नेपालको काठमाडौं, ललितपुर, नवलपरासी, भैरहवा, दाङ, बाँके र कञ्चनपुरबाट पनि साइकल यात्री सहभागी छन् । नेपाल र भारतका गरी ८४ जना साइकल यात्राको सहभागिता रहेको छ । यात्राको अन्तिम तथा तेस्रो दिन बुडरमा साइकल रेस प्रतियोगिता समेत आयोजना गर्ने छ ।

धनगढीमने निसर्ग अस्पतालको स्पोन्सरसिपमा आयोजना गरिने प्रतियोगिताका विजेताहरूलाई पुरस्कार समेतको व्यवस्था गरिएको छ ।

डोटीको छतिवन तालदेखि महाकाली राजमार्गसम्मको ५ किलोमिटर दुरुमा आयोजना गरिने साइकल रेसका विजेतालाई १५ हजार, उपविजेतालाई १० हजार र तृतीयलाई ५ हजार रुपैयाँ पुरस्कार निसर्ग अस्पतालले स्पोन्सर गरेको छ । 

साइकलयात्राले पर्यटन प्रवर्द्धन मात्र नभएर वातावरणीय दृष्टिकोणले पनि उपयुक्त रहेको काडमाण्डौंबाट यात्रामा सहभागी लक्ष्मी श्रेष्ठले बताइन् । 

५२ वर्षीया लक्ष्मीले साइकलयात्राले विभिन्न क्षेत्रको अवलोकनका साथै स्वास्थ्यमा पनि सुधार आएको बताइन् । ‘थाइराइडको औषधि खाइरहेकी थिएँ’, उनले भनिन्,‘साइकलयात्रा गर्न थालेपछि औषधि खानु परेको छैन।’

साइकलयात्रामा सहभागीलाई विभिन्न गाउँमा स्वागत गर्नका लागि विभिन्न सांस्कृतिक कार्यक्रम समेत राखिएको आयोजकले जनाएको छ ।

  • प्रकाशित मिति : पुस ३, २०७८ शनिबार १४:१७:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया