हेटौँडा भेट्रान्स कपको उपाधि एबिसी पोखरालाई

हेटौँडामा जारी सातौँ भेट्रान्स कप प्रतियोगिताको उपाधि एबिसी भेट्रान्स पोखराले आफ्नो पोल्टामा पारेको छ । नागस्वती भेट्रान्स हेटौँडालाई २–१ गोल अन्तरले हराउँदै एबिसी पोखरा विजेता भएको हो ।  

खेलको निर्धारित समयको सातौँ मिनेटमा एबिसीको तर्फबाट हरि खड्काले पहिलो गोल गरेका थिए । खेलको १७ मिनेटमा नागस्वती भेट्रान्सका नरेन लिम्बूले गोल फर्काएर बराबरीमा पुर्याएका थिए ।

पहिलो हाफमा बराबरी खेले पनि खेलको दोस्रो हाफको २७औँ मिनेटमा एबिसीको तर्फबाट नरेन्द्रजंग गुरुङले एक गोल थपेपछि एबिसी भेट्रान्सले उपाधि चुम्न सफल भएको हो । खेलको म्यान अफ द म्याच एबिसीका नरेन्द्रजंग गुरुङ भए ।

विजेता एबिसीले ट्रफ्रीसँगै एक लाख एघार हजार ११ रुपैयाँ प्रमाणपत्र र मेडल प्राप्त गरेको छ भने उपविजेता नागस्वती भेट्रान्सले ट्रफ्रीसँगै ५५ हजार ५५५ रुपैयाँ, प्रमाणपत्र र मेडल प्राप्त गर्यो  ।

खेलमा विभिन्न विधामामा खेलाडीलाई पुरस्कार वितरण समेत गरिएको थियो । खेलको उत्कृष्ट गोल किपर एबिसीका सूर्य शर्मा, कोच एबिसीका सुरज गुरुङ, मिड फिल्डर एबिसीका महेन्द्र गुरुङ, सर्वोत्कृष्ट खेलाडी एबिसीका विश्वराज श्रेष्ठ भए । 

त्यस्तै, उत्कृष्ट फरवार्ड नागस्वतीका निमा लामा, डिफेन्डर नागस्वतीका मिलन राई घोषित हुँदै ट्रफी र जनही पाँच–पाँच हजार नगदसहित पुरस्कृत भए । 



विजेता र उपविजेतालगायतलाई हेटौँडा उपमहानगरका प्रमुख हरिबहादुर महत र हेटौँडा भेट्रान्स क्लबका अध्यक्ष दीपक बज्रचार्यले पुरस्कार प्रदान गरेका थिए । 

पिप्ले युवा क्लबको खेलमैदान क्याम्पा रंगशालाका अध्यक्ष सुशील घिमिरेलाई सम्मान गरिएको थियो । कार्यक्रममा हेटौँडा वडा नम्बर ५ का अध्यक्ष राजेश बानियाँ, वडा ६ का अध्यक्ष अर्जुनप्रसाद चौलागाईं, जिल्ला फुटबल संघका अध्यक्ष टीकाराम लामा, खेल कार्यक्रम संयोजक मणिराज गौतमलगायत अतिथि थिए । 



  • प्रकाशित मिति : पुस ३, २०७८ शनिबार १९:३:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया