तीनै तहका सरकार मिलेर शिक्षाको गुणस्तर बढाउनुपर्छ : शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षा सुधारका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताएका छन् । शनिबार सार्वजनिक शैक्षिक गुठी विद्यालय संघको १२ औं वार्षिकोत्सव एवम् छैठौं महाधिवेशनमा बोल्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् । 

‘सार्वजनिक शिक्षा सुधार्न एक्लो प्रयासले हुँदैन,’ मन्त्री पौडेलले भने, ‘शिक्षक, विद्यार्थी र तीनै तहका सरकार मिलेर शिक्षामा गुणस्तर बढाउनुपर्छ ।’

उनले उच्च शिक्षा पढ्ने विद्यार्थीको संख्या नेपालमा कम हुँदै गएको चिन्ता व्यक्त गर्दै शिक्षण संस्थालाई व्यवस्थित नगरे उत्पादन जनशक्ति देश बाहिर जाने बताए । 

‘शिक्षा क्षेत्रमा लामो समयदेखि गाँजिएका समस्याहरू छन्’, यसको क्रमशः हल गर्ने बाटोमा सरकार लागेको छ,’ उनले भने, ‘संघीय शिक्षा ऐन जारी गर्ने प्रक्रियामा प्रवेश गरेका छौं ।’

शिक्षा ऐन जारी भएपछि शिक्षा क्षेत्रमा देखिएका समस्याहरु धेरै हल हुने उनले विश्वास व्यक्त गरे । मन्त्री पौडेलले सिकेको ज्ञानलाई सीपमा र सीपलाई व्यवहारिक ज्ञानमा उतार्नुपर्नेमा जोड दिए । विद्यार्थीहरु नै राष्ट्र निर्माणका पहरेदार भएको बताउँदै मन्त्री पौडेलले विद्यार्थीलाई लगनशील हुन आग्रह गरे । 





  • प्रकाशित मिति : पुस ३, २०७८ शनिबार १९:३९:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया