गगन थापाले भेटे विमलेन्द्र निधिलाई

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र नवनिर्वाचित महामन्‍त्रीबीच भेटवार्ता भएको छ । मध्यबानेश्वरस्थिति निधि निवासमा भएको भेटावार्तामा निधिले गगनलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका छन् ।

निधिलाई भेट्न थापासहित अर्का नेता चन्द्र भण्डारी मध्यबानेश्व पुगेका हुन् । उनीहरूबीच प्रदेश २ को महाधिवेशनका विषयमा केन्द्रित भएर कुराकानी भएको बताइएको छ ।

प्रदेश २ को अधिवेशन यही पुस ६ गतेलाई तय भएको छ । भेटमा प्रदेश २ को सभापतिमा रामसरोज यादवलाई समर्थन गर्न निधिले थापालाई अनुरोध गरेका थिए । निधि र थापाबीच भोलि फेरि भेट गर्ने सहमति भएको बताइएको छ ।





  • प्रकाशित मिति : पुस ३, २०७८ शनिबार २०:२२:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया