नेपाली कांग्रेसको उपसभापतिमा दुई मतले पराजित विजयकुमार गच्छदारले पुन मतगणनाका लागि निवेदन दिएका छन् ।
देउवा प्यानलका उम्मेदवार गच्छदारलाई दुई मतले पछिपार्दै कोइराला प्यानलका धनराज गुरुङले दुई मतान्तरले जीत हाँसिल गरेपछि गच्छादारले पुनः मतगणनाका लागि निवेदन दिएका हुन् ।
निर्वाचन समितिले देउवाले निवेदन दिएको बताएको छ ।
'मत बराबर भए पनि गोलाबाट गरिन्छ, दुई मत भनेको स्पष्ट हो, गच्छदारले निवेदन दिनु भएको छ' निर्वाचन समितिका एक सदस्यले भने ।
गुरुङले १९०८ मत ल्याएका छन् भने गच्छादारले १९०६ मत ल्याएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।