फिफा अरब कपको उपाधि अल्जेरियालाई

कतारमा भएको फिफा अरब कपको उपाधि अल्जेरियाले जितेको छ । फाइनलमा छिमेकी मुलुक ट्युनिसियालाई २–० गोलले पाखा लगाउँदै अल्जेरियाले उपाधि जितेको हो । 

गएराति भएको फाइनल खेलमा अतिरिक्त समयमा २ गोल गर्दै अल्जेरियाले उपाधि हात पारेको हो ।

अलखोरस्थित अलबायत स्टेडियममा भएको खेलमा अतिरिक्त समयको नवौं मिनेटमा अमिर साउद र यासिन ब्राहिमीले अन्तिम मिनेट बाँकी रहँदा गोल गर्दै अल्जेरियालाई उपाधि दिलाए ।

२०१९ को अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको अल्जेरियाको लागि अरब कप उपाधि २ वर्षभित्र दोस्रो ठूलो उपाधि जित्न सफल भयो । 

उपाधि घरमै राख्ने लक्षसहित मैदान उत्रेको कतार भने तेस्रो स्थानमा चित्त बुझाउन बाध्य भयो ।   





  • प्रकाशित मिति : पुस ४, २०७८ आइतबार ७:१०:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया