स्पेनिस ला लिगामा बार्सिलोनाको राेमाञ्चक जित

स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोनाले इल्चेलाई ३–२ अन्तरले पराजित गरेको छ । शनिबार राति नोउ क्याम्पमा भएको खेलमा जाभी होर्नाण्डेजको बार्सिलोनालाई जिताउँन फेरान जटग्ला, गाभी र निकालोस गोन्जालेजले एक/एक गोल गरे । 

भ्रमणकारी टोली इल्चेको लागि जस मोरेन्ट र पेरे मिलाले गोल गरे । सातौँ जित निकाल्ने क्रममा बार्सिलोनाले सुरुआती २ गोल गरेको थियो । त्यसपछि इल्चे खेलमा फर्किएपनि गोन्जालेजले गोल गर्दै बार्सिलोनालाई तीन अंक दिलाए । 

जितसँगै बार्सिलोना १७ खेलबाट २७ अंक सहित सातौँ स्थानमा छ ।  इल्चे समान खेलबाट १५ अंक सहित १६ औं स्थानमा छ । 

यता, शनिबार राति नै भएको खेलमा एट्लेटिको मड्रिड सेभियासँग २–१ अन्तरले पराजित भयो । घरेलु मैदानमा सेभियाको जितमा इभान राकिटीक र लुकास ओकाम्पोसले गोल गरे भने एट्लेटिकोको लागि फिलिपे सान्त्वना गोल गरे । 

जितसँगै सेभिया १७ खेलबाट ३७ अंक सहित दोस्रो स्थानमा छ भने २९ अंक बनाएको एट्लेटिको पाँचौं स्थानमा छ । ला लिगामा ४२ अंक बनाएको रियल मड्रिड शीर्ष स्थानमा छ । 





  • प्रकाशित मिति : पुस ४, २०७८ आइतबार ८:५१:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया